- चिरफार डटकम, विराटनगर ११५ पटक हेरिएको
मंगलबार, कार्तिक १८, २०८३ समय : १७:०१:२२ , २ घन्टा अगाडि
यही कार्तिक २० गते धनतेरसका दिन विराटनगरको मेनरोड स्थित जैन भवनको प्राङ्गणमा विराटनगर म्यूजिक फेस्टिवल २०८३ को भव्य आयोजना हुन लागेको छ ।
लाइभ इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको विराटनगर म्यूजिक फेस्टिवलको भव्य तयारी सुरु भइसकेको छ ।
विराटनगरको मेनरोड स्थित जैन भवनको प्राङ्गणमा आयोजक संस्था लाइभ इन्टरटेन्मेन्टले विराटनगर म्यूजिक फेस्टिवललाई भव्य रूपमा आयोजना गर्न स्टेज बनाउने काम सुरु गरिसकेको छ ।
२५ लाख भन्दा बढी रकम खर्चेर आयोजकले आयोजना गर्न लागेको विराटनगर म्यूजिक फेस्टिवलमा नेपालकै चर्चित एवं १ नं. ब्यान्ड एल्बाट्रसको साथै युवा पुस्तामाझ लोकप्रिय ब्यान्ड रकहेट्सको प्रस्तुति रहने छ ।
चर्चित मोडेल तथा चर्चित होस्टेज रोनिश्मा श्रेष्ठले विराटनगर म्यूजिक फेस्टिवल कार्यक्रम सञ्चालन गर्नेछन् ।
आयोजक संस्था लाइभ इन्टरटेन्मेन्टका संयोजक सन्तोष महत (स्यान्ट्रो) ले चौथो संस्करण सँग सफलतापूर्वक सम्पन्न भएको विराटनगर म्यूजिक फेस्टिवलको पाँचौँ संस्करणलाई भव्य रूपमा सम्पन्न गर्न वृहत् रूपमा तयारी थालिएको बताए ।