- चिरफार डटकम, विराटनगर ५८ पटक हेरिएको
आइतबार, कार्तिक ३०, २०८३ समय : १५:०९:१३ , १२ मिनेट अगाडि
विराटनगरका चर्चित गायिका निशा लालवानीको जोड़े जोड़े फलवा छठ गीत सार्वजनिक भएको छ ।
गायिका लालवानीले शनिवार यूटुब च्यानल मार्फत जोड़े जोड़े फलवा छठ गीत सार्वजनिक गरेको हो ।
नेपालीहरूको आस्थाको महान् छठ पर्व आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर समान हुँदैछ ।
छठ पर्वको एक दिन अगाडी लालवानीको छठ गीत सार्वजनिक भएको छ । छठ पर्वसँग आस्था राख्ने जो कोहीले पनि एक पटक लालवानीको छठ गीत सुन्नै पर्ने भएको छ ।
विराटनगरमा लालवानी परिवारको १ सय वर्षको इतिहास छ । त्यस्तो लालवानी परिवारका सदस्य निशा लालवानीले छठ गीत सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसका लोकप्रिय नेता फुलकुमार लालवानीका भाई विकास लालवानीका श्रीमती निशा लालवानीले छठ गीत गाएका हुन् ।
मारवाडी समुदायका निशा लालवानीको समय समयमा मारवाडी भाषामा विभिन्न प्रकारको गीत यूटुब च्यानल मार्फत सार्वजनिक भइरहेको छ ।
नेपाल र भारतमा मारवाडी समुदायले आयोजना गरेको विभिन्न विशेष कार्यक्रममा निशा लालवानीलाई गीता गाउने निम्तो आउने गरेका छन् ।