विराटनगरका भास्कर सोनी अखिल भारतीय माहेश्वरी युवा संगठनको पूर्वाञ्चल उपाध्यक्ष 

  • चिरफार डटकम, विराटनगर २०५  पटक हेरिएको

मंगलबार, मंसिर ०१, २०८३ समय : १७:०१:०२ , २२ घन्टा अगाडि

विराटनगरका भास्कर सोनी अखिल भारतीय माहेश्वरी युवा संगठनका पूर्वाञ्चल उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

भास्कर सोनी, विराटनगरको प्रतिष्ठित औद्योगिक घराना सोनी ग्रुपका अध्यक्ष उद्योगी महेश सोनीका छोरा हुन् ।

भारतको उत्तर प्रदेश स्थित गोवर्द्धन मथुरामा आइतबार सम्पन्न भेलाले भास्कर सोनीलाई अखिल भारतीय माहेश्वरी युवा संगठनको पूर्वाञ्चल उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।

नेपाल, भुटान, बङ्गलादेश, भारतको बिहार, झारखण्ड, पश्चिम बंगाल, उडिसा र सिक्किम अखिल भारतीय माहेश्वरी युवा संगठनको पूर्वाञ्चल कार्यक्षेत्रमा पर्छ ।