“सडकबाट पार्किङ हटाउदा विराटनगर सुन्दर सहर देखियो”

  • चिरफार डटकम, विराटनगर ६७८  पटक हेरिएको

बुधबार, चैत्र ०१, २०७९ समय : १८:५१:२० , २ वर्ष अगाडि

जिल्ला ट्राफिक प्रहरी कार्याल मोरङका प्रमुख प्रहरी निरिक्षक सुनिलकुमार श्रेष्ठले सवारी साधनको व्यवस्थित पार्किङ अभियानले विराटनगर सुन्दर सहर देखिएको अभिव्यक्ति व्यक्त गरेका छन् । साथै विराटनगर महानगरपालिकाले कोसी प्रदेशको राजधानी विराटनगरको सडकलाई पार्किङ निशेष क्षेत्र बनाउन संचालन गरिरहेको अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सहकार्य गरेर अगाडि बढेको बताए ।

मोरङ ट्राफिक प्रहरी प्रमुखको नेतृत्व सम्हालेको एक सातापछि बुधबार पत्रकार सम्मेलन गरेर प्रहरी निरिक्षक श्रेष्ठले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोइराला सहित कर्मचरी तन्त्र विराटनगरलाई व्यवस्थित सौन्दर्य सहर बनाउने अभियानमा जुटेकोले सम्पूर्ण महानगर बासीलाई सहयोग गर्न आग्रह गरेको छ ।