- चिरफार डटकम, विराटनगर ५३१ पटक हेरिएको
बुधबार, चैत्र २९, २०७९ समय : १५:४३:४५ , २ वर्ष अगाडि
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियमित रुपमा संचालन गरिरहेको मादक पदार्थ सेवन (मापसे) जाँच मेशिनको अभावमा प्रभावित बनेको छ । मोरङ ट्राफिक संघ मापसे जाँचका लागि ५ थान मेशिन रहेको र ति सबै मेशिन बिग्रीएर काम नलाग्ने अवस्थामा पुगेपछि मापसे जाँच प्रभावित बनेको हो ।
मेशिनको अभावमा मोरङ ट्राफिकले रातीको समयमा मापसे जाँच नगर्दा मादक पदार्थ सेवन गर्ने संख्यामा वृद्धि भईरहेको छ । अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरेर सवारी साधन कुदाउँदा केही समययता सवारी सडक दुर्घटनामा वृद्धि भएको छ ।
कोशी प्रदेश सरकार र स्थानिय सरकार विराटनगर महानगरपालिकाले मोरङ ट्राफिकलाई मापसे जाँचकालागि मेशिन उपलब्ध गराउने गरेको छ । मेशिन बिग्रएपछि मोरङ ट्राफिकले पटक पटक कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकासँग हार गुहार लगाउँदा पनि कतैबाट सुनुवाई हुन सकिरहेको छैन ।
मापसे सेवनकालागि चिनबाट मेशिन ल्याउने गरेको छ । तर पछिल्लो समय कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिका मोरङ ट्राफिक प्रहरी कार्यालयको अनुरोधलाई वेवास्था गर्दा विराटनगरसहित जिल्ला भरी मादक पदार्थ सेवन गर्नेको संख्या ह्वायतै बढेको छ । जुन विषय मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठलाई टाउको दुखाईको विषय बन्न पुगेको छ ।