राउतको पदस्थापना

  • चिरफार डटकम, विराटनगर ५३१  पटक हेरिएको

आइतबार, बैशाख ३१, २०८० समय : १८:३५:५५ , १ वर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतको पदस्थापन भएको छ । महासंघको कोशी प्रदेश समितिले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राउत सहित कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुको पदस्थापन भएको हो । महासंघ कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष टिकाराज ढकालले नवनिर्वाचत अध्यक्ष राउतलाई पद तथा गोपनियताको सपत ग्रहण गराउँनु भयो ।

नवनिर्वाचित अध्यक्ष राउतले प्रदेश समितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपत ग्रहण गराउनु भयो । २०७९ चैत्र ९ गते झापामा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको ५औं वार्षिक साधारण सभा र तेस्रो अधिवेशनबाट राउत अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष राउतको कार्यकारिणी समितिमा भीम पौडेल र कुमारमणी पोखरेल उपाध्यक्ष र सुवाष आचार्य कोषाध्यक्ष निर्वाचित भएका थिए ।

प्रितम खड्गी, प्रकाश शिवाकोटी, ऋषिराज तिमसिना, विरेन्द्र साह, धु्रर्वलाल श्रेष्ठ, राजन श्रेष्ठ, दिपक पाण्डे, रविन दाहाल, श्रवण अग्रवाल र भविष श्रेष्ठ कार्यकारिणी समितिको सदस्य पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष राउतले विधान प्रयोग गरेर सरु केसी र देवकीनन्दन अग्रवाललाई कार्यकारिणी समितिको सदस्य पदमा मनोनयन गरेको छ । अध्यक्ष राउतले यामबहादुर श्रेष्ठ, नवराज घिमिरे, मेघराज सिग्देल, मनोज विक्रम साह, विजय श्रेष्ठ, विनोद बस्नेत र रामविनोद रायलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको छ ।