- चिरफार डटकम, विराटनगर ४५४ पटक हेरिएको
शुक्रबार, जेठ १२, २०८० समय : १७:४९:५४ , १ वर्ष अगाडि
लागुऔषध नियन्त्रणकालागि बेग्लै कोशी प्रदेश स्तरीय कानुन निर्माण हुनुपर्ने माग गर्दै सरोकारवालाले लबिङ सुरु गरेका छन् । कोशी प्रदेशमा लागुऔषध प्रयोग कर्ताको अवस्था बारे जानकारी गराउँने उद्देश्यले रिकोभरीङ नेपालले शुक्रबार विराटगनरमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाले लागुऔषध नियन्त्रणकालागि कोशी प्रदेश स्तरीय कानुन निर्माण हुनुपर्ने माग गरेका छन् ।
नेपालमा २०३३ सालमा बनेको लागुऔषध ऐन विभेदकारी रहेकोले त्यसलाई परिमार्जन गरेर नयाँ ऐन बनाउन सरोकारवालाले माग गरेको हो । रिकोभरीङ नेपालका कोशी प्रदेश उपाध्यक्ष संजिव चापागाईले ५३ वर्षअघि बनेको ऐन केन्द्रमुखी रहेकोले सेयौं लागुऔषध सेवन कर्ता जेल जीवन बिताइ रहेका छन् । यस्ता विभेदकारी ऐन अबिलम्ब खारेज गरेर नयाँ ऐन बनाउनुपर्ने जोडदार रुपमा माग गरेका छन् । नेपालमा २२ हजार र मोरङ जिल्लामा ६ हजार ४ सय १५ लागुऔषधका प्रयोग कर्ता रहेको छ । राज्यको गतल नीतिका कारण प्रत्येक वर्ष लागुऔषध प्रयोग कर्ताको संख्या बढि रहेको उपाध्यक्ष चापागाईंले बताए ।
२०६३ सालमा मोरङ जिल्लामा १ हजार लागुऔषध सेवन कर्ता थिए । तर १७ वर्षपछि मोरङमा १ हजारबाट बढेर लागुऔषध प्रयोग कर्ताको संख्या ६ हजार ४ सय १५ पुगेको छ । र यो बढ्ने क्रम जारी छ । लागुऔषध सेवन कर्ताले बेलाबेलामा विभिन्न प्रकारको हत्यामा संलग्न भईरहेकोले यसमा राज्य पक्षको कमजोरी रहेको चापागाईंले बताए ।
नेपालमा केन्द्रमुखी लागुऔषध ऐन छ । जसको काम छैन । प्रदेशमा लागुऔषध सेन्टर खोल्नकोलागि प्रदेश स्तरीय कानुनको आवश्यकता छ । र प्रदेश स्तरीय कानुन निर्माण भएको खण्डमा प्रदेश भरीका लागुऔषध सेवनमा संलग्न युवाहरुलाई सुधार गरेर समाजमा पुर्नस्थापना गर्न सकिने छ । कार्यक्रमा रिकोभरिङ नेपाल कोशी प्रदेशका अध्यक्ष चन्द बराल, केन्द्रीय सदस्य सुशिल रिजाल र कोशी प्रदेशका कार्यक्रम संयोजक निस्मा नेपालको सहभागिता रहेको थियो ।