- चिरफार डटकम, विराटनगर ७२२ पटक हेरिएको
शनिबार, माघ २७, २०८० समय : २२:०३:५३ , ८ महिना अगाडि
प्लस टु तर्फ विज्ञान संकायमा कोशी प्रदेशकै अब्बल विराटनगरको अरनिको सेकेण्डरी स्कुलले शनिबार ४७औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ ।
विराटनगर–१० स्थित अरनिको सेकेण्डरी स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म २ हजार ६ सयभन्दा बढि विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थी र उनीहरूको अभिभावकको उपस्थितिमा स्कुल प्रशासनले भव्य समारोहको आयोजना गरेर ४७औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।
अरनिको स्कुलका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूको प्रतिभालाई प्रस्तुतिकरण मार्फत बाहिर ल्याउने उद्देश्यका साथ वार्षिकोत्सव एवं अभिभावक दिवसको आयोजना गरिएको बताए । अरनिको स्कुल सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको सभापतित्वमा भएको ४७औं वार्षिकोत्सव एवं अभिभावक भेलामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रिन्सिपल राजेश कार्की र भरतराज दाहालले मतव्य व्यक्त गरेका थिए ।
लक्ष्मीप्रसाद अधिकारी, राजेश कार्की, विकाश खनाल, निलमकुमार अधिकारी, शैलेशकुमार झा, डा. भविन्द्र निरौला, उमेन्द्र बिलाश लुईंटेल र भरतराज दाहाल अरनिको स्कुल र प्लस टुका सञ्चालक रहेका छन् । र कार्यक्रममा सबै सञ्चालकहरूको उपस्थिति रहेको थियो ।