विराटनगरमा साइक्लोथोन स्पर्धा हुँदै

  • ब्रह्मदेव यादव, विराटनगर ४५२  पटक हेरिएको

बुधबार, फाल्गुण १६, २०८० समय : १७:५६:३९ , ९ महिना अगाडि

शनिबार विराटनगरमा आयोजना गर्न लागिएको १९ किलोमिटर दुरीको खुल्ला साइक्लोथोन स्पर्धाका विजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले २५ र तेस्रो हुने विजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । १९ किलोमिटर दूरी तर्फको गियर र बिना गियर साइक्लोथोन स्पर्धाका विजेता एक पुरुष र एक महिलाले २० हजार उपविजेता एक पुरुष र एक महिलाले १५ हजार र तेस्रो हुने विजेता एक पुरुष र एक महिलाले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

रोटरी क्लब अफ विराटनगर फ्युजनले साइक्लोथोन स्पर्धाको आयोजना गर्न लागेको हो । फ्युजनका अध्यक्ष विकाश राठी, पूर्व अध्यक्ष श्वेता तोदी, आगामी हुने वाला अध्यक्ष विवेक अग्रवाल र आर्थिक संयोजक लक्ष्मीकुमार चौधरीले बुधबार पत्रकार सम्मेलन गरेर साइक्लोथोन स्पर्धा बारे जानकारी गराएको हो । फ्युजनका अध्यक्ष विकाश राठीले पिच र ग्राबेल गरी दुवै बाटोमा साइक्लोथोन स्पर्धाका सहभागीहरूले साइकल कुदाउने छ । तर साइक्लोथोनको रुट गोप्य राखिएको छ ।

२ सय ५० भन्दा बढि व्यक्तिले साइक्लोथोन स्पर्धामा सहभागिता जनाउने छन् । विराटनगरको आदर्श माध्यमिक विद्यालयबाट साइक्लोथोन स्पर्धा सुरु हुने छ । र समापन पनि विद्यालयमै हुने छ । यस आयोजनाबाट २ लाख रुपैयाँ फाइदा हुने र ती रकम विराटनगर–१२ स्थित श्री जनता बाल कल्याण आधारभूत विद्यालयको स्तर उन्नतिमा खर्च गर्ने अध्यक्ष राठीले बताए ।