- ब्रह्मदेव यादव, विराटनगर १३०९७ पटक हेरिएको
बिहिबार, जेठ ३१, २०८१ समय : १४:१२:५८ , ४ महिना अगाडि
अफ्रिकन देश नाइजेरियाको लागोसमा सञ्चालन भई रहेको ३ दिने फुड एण्ड बेभरेज मेलामा नेपालको एसियन थाइफुड्स कम्पनीले सहभागिता जनाएको छ । नेपालको तर्फबाट एसियन थाइफुड्स कम्पनीले मात्रै मेलामा सहभागिता जनाएको हो । यही जेठ २९ गते मंगलबारदेखि सुरु भएको खाद्य मेलाको आज बिहीबार ३१ गते समापन हुँदैछ ।
नेपालको तर्फबाट एसियन थाइफुड्स कम्पनीले आफ्ना उत्पादन रमपम चाउचाउ, टु पिएम चाउचाउ र प्रिती चाउचाउदेखि स्नेक्सका परिकार खाद्य मेलामा स्टल मार्फत प्रचार प्रसार सँगै बिक्री वितरण गरी रहेका छन् । एसियन थाइफुड्स कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन अफ्रिकन देश नाइजेरियाको खाद्य मेलामा स्टल राखेर प्रचार प्रसार गर्ने काम जारी रहेको बताए ।
चिरफार डटकम सँग कुरा गर्दै जाजुले भने भारतमा उत्पादन गरिएको खाद्य उत्पादन मसला प्रति विश्वभरको बजारमा बेग्लै आकर्षण छन् । त्यसमा पनि नेपाली खाद्य उत्पादन प्रति विश्व बजारमा उपभोक्ताको अलग्गै रुची र आकर्षणको सम्भावना छ । यसै अनुभुतिका आधारमा हामी बजार विस्तार गर्दै नेपालको निर्यात अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्य राखेको छौं ।
कम्पनीले अमेरिका, अष्ट्रेलिया, यूरोप, गल्फ सहित विश्वको २६ भन्दा बढि देशहरूमा आफ्ना उत्पादन बिक्री वितरण गरी रहेका छौ । कम्पनीले विभिन्न स्वादमा उत्पादन गरी रहेको रमपम चाउचाउ, टु पिएम चाउचाउ, प्रिती चाउचाउ सहित स्नेक्सको अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग छ ।