उद्योगी भीम घिमिरेको एबी ग्रुपले दियो ५ लाख ५१ हजार सहयोग

  • चिरफार डटकम, विराटनगर ९७  पटक हेरिएको

बुधबार, भाद्र ३१, २०८३ समय : १२:२७:५३ , १ घन्टा अगाडि

उद्योगी भीम घिमिरे र उनका श्रीमती अजिता घिमिरे सञ्चालक रहेको एबी ग्रुप अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसले भोटेकोशीमा आएको भिषण बाढीबाट प्रभावित व्यक्तिहरूका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

एबी ग्रुप अफ इण्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर भीम घिमिरे र उनका श्रीमती अजिता घिमिरेले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत प्रधानमन्त्री दैवि प्रकोप राहत उद्धार कोषमा रकम जम्मा गरेको हो ।

उद्योगी घिमिरे नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश समितिका संस्थापक अध्यक्ष रहेका छन् ।

उद्योगी घिमिरेले रसुवामा आएको भिषण बाढीपीडित परिवारका लागि सकारात्मक परिवर्तन ल्याउन सकेको जति रकम सहयोग गरेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्