- चिरफार डटकम, विराटनगर १०० पटक हेरिएको
बिहिबार, आश्विन ०१, २०८३ समय : २१:४३:०९ , ३ घन्टा अगाडि
विराटनगरमा ६ दिने मेगा ब्लड डोनेसन कार्यक्रम हुन लागेको छ । तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गर्न लागेको कार्यक्रमलाई मारवाडी युवा मञ्च विराटनगर र विराटनगर प्लेटिनम राउण्ड टेबल नम्बर ११ ले संयोजन गरेको छ ।
तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त दुगडले बिहीबार पत्रकार सम्मेलन गरेर मेगा ब्लड डोनेसन कार्यक्रम बारे जानकारी गराए । मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी पत्रकार सम्मेलनमा सहभागी थिए ।
तेरापंथ युवक परिषद् विराटनगरका पूर्वअध्यक्ष विकास लालवानीले ६ दिनमा ६ देखि ७ सय पाउन्ट ब्लड संकलन गर्ने योजनका साथ अगाडी बढेको बताए ।
असोज २ गते शुक्रवारदेखि विराटनगरको जैन भवनबाट मेगा ब्लड डोनेसन कार्यक्रमको शुभारम्भ हुनेछ । पवन पंकज पारखलाई मेगा ब्लड डोनेसन कार्यक्रम सम्पन्न गर्न संयोजनको जिम्मेवारी दिइएको छ ।