जेन्जी आन्दोलन र रसुवामा ज्यान गुमाएकाप्रति विराटनगरमा श्रद्धाञ्जली सभा

  • चिरफार डटकम, विराटनगर १२९  पटक हेरिएको

बुधबार, भाद्र २४, २०८३ समय : १५:१९:३६ , २ घन्टा अगाडि

जेन्जी आन्दोलन र रसुवाको भिषण बाढीमा ज्यान गुमाएकाप्रति मङ्गलवार साँझ विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गर्‍यो ।

मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्च विराटनगरले संयुक्त रूपमा श्रद्धाञ्जली सभाको आयोजना गरेका थिए ।

मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी, नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष भिखमचन्द सरल, सह–कोषाध्यक्ष फुलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, मारवाडी युवा मञ्च विराटनगरका पूर्वअध्यक्ष नन्दकिशोर राठी, शिवरतन शर्मा जोशीसहित सयौँ मारवाडी समुदायका विशिष्ट व्यक्तिहरूले २०८२ भाद्र २३ गते भएको जेन्जी आन्दोलन र २०८३ भाद्र १० गते रसुवाको भिषण बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति दिपप्रज्वलन गरेर श्रद्धाञ्जली दिएका थिए ।

विराटनगरको मेनरोड स्थित अतिथि सदनमा श्रद्धाञ्जली सभाको आयोजना गरेका थिए ।