- ... १६६२ पटक हेरिएको
शुक्रबार, माघ २०, २०७९ समय : १३:२७:४१ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थालाई आर्थिक समस्या परेको छ । निजी क्षेत्रबाट संचालित तुलसी सहकारी विराटनगरको सबैभन्दा ठुलो र विश्वासिलो सहकारी संस्था हो । जहाँ हजारौं विराटनगर वासिले मोटोरकम बचत गरेको छ ।
तुलसी जस्तो प्रतिष्ठित सहकारी संस्थामा बचत गरेको रकम नपाउँदा विराटनगरका लाखौं बचत कर्ताहरुको सहकारी संस्थाप्रति विश्वास गुमेको छ । सहकारीका संचालकहरुले बचत कर्ताको रकम जग्गामा लगानी गरेको छ । र जग्गा विक्री नहुँदा बचत कर्तालाई रकम फिर्ता गर्न सहकारीलाई समस्या परेको हो ।
बचत कर्ताले बचत गरेको रकम फिर्ता लिन सहकारीमा पुग्दा संचालक सदस्यहरु सम्पर्कमा नआउँने र कर्मचारीले एक जना बचत कर्तालाई बढिमा १० हजार रुपैयाँ मात्रै फिर्ता गरिरहेकोले बचत कर्ताहरु सहकारी प्रति आर्कोसित बनेको छ । एक साता यता आर्थिक समस्याको कारण सहकारी भाग्न लागेको खबर थाहा पाएर बचत कर्ताको आफ्नो रकम निकाल्न विराटनगर–२ स्थित विराट नर्सिङ होम नजिक सहकारीमा भिड लाग्न थालेको छ ।
बचत कर्ताहरुको बचत रकम निकाल्न सहकारीमा भिड लाग्न थालेपछि संचालक सदस्यहरु सम्पर्क बिहिन बनेको छ । सहकारीमा कार्यरत कर्मचारीहरु एक जना बचत कर्तालाई बढिमा १० हजार रुपैयाँसम्मको चेक मात्रै काट्न र त्यति रकम मात्रै भुक्तानी गर्ने भनेपछि बचत कर्ताहरु झन आर्केसित बनेको छ । विराटनगर–२ का निलम ठकुरीले सहकारीमा २ लाख ५० हजार रुपैयाँ बचत गरेको तर आफुले रकम निकाल्न आउँदा १० हजार रुपैयाँ मात्रै दिने र त्यो रकम लिन पनि २ देखि ३ दिन पछि आउनु भनेपछि बचत कर्ता तनावमा छन् ।
विराटनगर–९ स्थित न्यूरो अस्पताल अगाडी कारोबार गरिरहेकी कविता भुजेलले सहकारीमा ६३ हजार रुपैयाँ बचत गरेकी छिन् र उनले बिहीबार २० हजारको चेक काटेर रकम निकाल्न आउँदा कर्मचारीले शुक्रबार बोलाएको र शुक्रबार पनि रकम नदिएपछि बचत कर्ताहरु सहकारीमा पैसा नभएको भन्दै सहकारी भाग्न लागेको आशंका गरेको छ । शुक्रबार मात्रै सहकारीमा २ सयभन्दा बढि बचत कर्ता बचत रकम फिर्ता लिन चेक काटेपनि सहकारीले रकम नभएको भन्दै कसैलाई पनि भुक्तानी गरेन ।
सहकारीका अध्यक्ष केदारनाथ शर्मा मोबालइल स्वचअफ गरेर सम्पर्क बिहिन भएका छन् । सहकारीका कर्मचारी मन्दिप खवासलाई पटक पटक फोन गरेर आर्थिक समस्याको बारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
२०७१ सालमा स्थापना भएको सहकारी छोटो समयमा लोकप्रिय बनेको थियो । तर ८ वर्षकै अवधिमा बचत कर्ताले बचत गरेको रकम फिर्ता गर्न सक्ने वातावरण निर्माण गर्न नसक्दा सहकारी प्रति बचत कर्ताको विश्वास गुमेको छ ।