अणुब्रत आन्दोलन ७५ बर्षमा

  • ... ५२८  पटक हेरिएको

मंगलबार, फाल्गुण ०९, २०७९ समय : १६:०४:५३ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

अणुब्रत आन्दोलन ७५ बर्षमा प्रवेश गरेको छ । अनुब्रत समिति विराटनगरले १ बर्षसम्म अणुब्रत आन्दोलनलाई भव्य रुपमा सफल बनाउन विषेश कार्यक्रम संचालन गर्ने तयारी गरेको छ ।

संघिय सरकारका संघिय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले मंगलबार विराटनगरमा अणुब्रत समितिले बर्षभरी संचालन गर्ने विशेष कार्यक्रमको शुभआरम्भ गरे । सन् १९४७ मा भारत आन्दोलित अवस्थामा थियो । र सन् १९४७ मा तुलसीले भारतको राजस्थानबाट अहिंसाको लागि अणुब्रत आन्दोलनको सुरुवात गरेका थिए । जुन आन्दोलन ७५ बर्षमा प्रवेश गरेको छ ।

मंगलबार विराटनगर स्थित जैन भवनमा अणुब्रत समिति विराटनगरले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष श्याम अधिकारी, निवर्तमान अध्यक्ष भिखमचन्द सरल, पूर्वअध्यक्ष ओमप्रकाश दुगड, जैन स्वेताम्बर तेरापन्थी सभा विराटनगरका अध्यक्ष सतिश दुगड, महासचिव सुरेन्द्र नौलखा, तेरापन्थ युवक परिषद् विराटनगरका अध्यक्ष पंकज लुनियाँ, सचिव मोहित लालवानी, साहित्यकार भुषण ढुंगेल र स्वतन्त्र सेनानी स्व. भीमराज नौलखाका कान्छी बुहारी मिलन नौलखाले अणुब्रतको बारेमा धरणा व्यक्त गरेका थिए ।