- ... ४०८ पटक हेरिएको
शुक्रबार, फाल्गुण १२, २०७९ समय : १४:०१:१९ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
विराटनगर महानगरपालिकाले भारतबाट नेपाल फर्किरहेका नेपाली नागरिकलाई सिमान्त क्षेत्रमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम संचालन गरेको छ ।
विराटनगर महानगरपालिकाले नेपाल भारतको सिमान्त क्षेत्र रानी नाकामा रानी हेल्थ डेक्स मार्फत नेपाली नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम संचालन गरेको छ ।
विराटनगर महानगरपालिका रानी हेल्थ डेक्सका इन्चार्ज सुरेन्द्र यादवले बिहीबार र शुक्रबार २ दिनमा २०० भन्दा बढि भारतबाट नेपाल प्रवेश गरेका नेपाली नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको जानकारी गराए ।
विराटनगर महानगरपालिकाले फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाले फागुन ११ गते बुधबार आफै हात्तीपाइले रोेग विरुद्ध औषधि खाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।