- चिरफार डटकम, विराटनगर १६५ पटक हेरिएको
आइतबार, आषाढ २१, २०८३ समय : १३:३७:४४ , ४ घन्टा अगाडि
नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङको कडा निर्देशनपछि नेपाल प्रहरी सर्तक बनेको छ । गृहमन्त्री गुरुङले शनिवारदेखि कोशी प्रदेशको अवलोकन भ्रमणमा रहेका छन् ।
गृहमन्त्री गुरुङ शनिवार नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा उच्च पद श्रेणीका प्रहरी अधिकृतसँग छलफल गर्दै तस्करीसँगै गुण्डागर्दी नियन्त्रण गर्न नसक्ने कार्यालयका प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेपाल–भारतको सीमान्त क्षेत्रबाट भइरहेको तस्करीलाई नियन्त्रण गर्न नसक्ने प्रहरीको काम नरहेको गृहमन्त्री गुरुङले बताए ।
गृहमन्त्री गुरुङले नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेको अगाडी कडा निर्देशन दिँदै भने– तस्करी नियन्त्रण र गुण्डागर्दी अन्त्य सरकारको पहिलो प्राथमिकता हो ।
यस बाहेक अवैध असुली कार्यमा संलग्न जो कोही प्रहरी कारबाहीका भागीदार हुन सक्छन् । त्यस्ता प्रहरीको जागिर सिधै धरापमा पर्छ र त्यस्ताको बचाउन गर्न आउनेको समेत जागिर धरापमा पर्न सक्छ ।
त्यस कारण समयमै पारदर्शी तरिकाले सेवा प्रवाह गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङको कडा निर्देशनपछि प्रहरी सतर्क अवस्थामा पुगेको छ ।