विराटनगरमा सडक महोत्सव

  • चिरफार डटकम, विराटनगर १२४  पटक हेरिएको

सोमबार, आश्विन १९, २०८३ समय : १५:३१:३४ , ३ घन्टा अगाडि

नेपालीहरूको महान चार्ड पर्व विजया दशमीलाई लक्षित गरेर विराटनगरमा छैटौँ संस्करणको विराट सडक महोत्सवको आयोजना हुन लागेको छ ।

मञ्जिना मुभिज क्रियशन प्रा.लि.ले १४ लाख रुपैयाँ खर्च गरेर विराटनगरको हिमालय रोडमा असोज २५ गतेदेखि ३० गतेसम्म विराट सडक महोत्सवको आयोजना गर्न लागेको हो ।

विराटनगरको हिमालय रोडलाई सिक्किमको एन्जी रोड भन्ने गरिन्छ । मञ्जिना मुभिज प्रा.लि.का अध्यक्ष जतिन ताम्राकारले सोमबार पत्रकार सम्मेलन गरेर विजया दशमीको समयमा सर्वसाधारणहरूलाई विशेष मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ विराट सडक महोत्सवको आयोजना गर्न लागेको बताए ।

दसैँको बेला विराटनगरसहित काठमाडौँबाट विराटनगर आएका सर्वसाधारणलाई विराट सडक महोत्सव मार्फत भरपुर मनोरञ्जन प्रदान गर्ने उद्देश्य रहेको अध्यक्ष ताम्राकारले बताए ।

महोत्सवले आन्तरिक, पर्यटन प्रवर्द्धक, विराटनगरको पर्यटन तथा सांस्कृतिक पहिचानको प्रचार–प्रसार, स्थानीय उत्पादन तथा व्यवसायको बजार विस्तार र स्थानीय कलाकारलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष ताम्राकारले बताए ।

सडक महोत्सवमा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सँगै विभिन्न जातजातिको खाना परिकारको ३० वटा स्टल रहने छ । सडक महोत्सवमा आयोजकले राख्न लागेको ३० वटै स्टलको बुकिङ भइसकेकोले आफू उत्साहित रहेको ताम्राकारले बताए । असोज २५ गते आइतबार घटस्थापनाको दिनदेखि सडक महोत्सव सञ्चालनमा आउने छ ।

दिनको २ बजेदेखि राती ९ बजेसम्म महोत्सव सञ्चालनमा रहने छ । महोत्सव सुरु भएपछि हिमालय रोडमा सवारी आवागमन बन्द रहने छ । महोत्सव हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।