- चिरफार डटकम, विराटनगर ८५ पटक हेरिएको
मंगलबार, आश्विन १३, २०८३ समय : २१:५६:०८ , १ घन्टा अगाडि
नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा विराटनगरका रक्षा यादवले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेपछि जेन्जी पुस्ता उत्साहित देखिएका छन् ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को वडा नं. १२ बाट रक्षा यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । रक्षा यादव नेपाली कांग्रेसको १४औं महाधिवेशनमा १८ वर्षको उमेरमा मोरङ क्षेत्र नं. ६ को वडा नं. १२ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका थिए ।
२०८२ सालको भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि देशमा जेन्जी पुस्ताले राजनीतिमा अवसर पाउनु पर्ने आवाज उठी रकेको बेला विराटनगरको नोबेल मेडिकल कलेजमा चिकित्सक तर्फ चौथो वर्षमा अध्ययनरत रक्षा यादवले जेन्जी पुस्तालाई समेटेर अगाडी बढ्ने उद्देश्यका साथ नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीको घोषणा गरेका छन् ।
रक्षा यादवले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नु अघि नेपाली कांग्रेस मोरङका शीर्ष नेताहरुसँग सरसल्लाह गरेका थिए ।
रक्षा यादवको उम्मेदवारी घोषणाले जेन्जी पुस्ता उत्साहित देखिएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा चिकित्सक तर्फ अध्ययनरत विद्यार्थी मात्रै नभई देश भरीको मेडिकल कलेजमा चिकित्सकदेखि मेडिकल तर्फ विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको सामाजिक सञ्जालमा रक्षा यादवको उम्मेदवारी घोषणाको प्रचार–प्रसार सामग्रीले भरिभराउ छ ।
रक्षा यादवको लोकप्रियता देखेर नेपाली कांग्रेसका शीर्ष नेतादेखि जेन्जी पुस्ता समेत उत्साहित देखिएको छ ।