- चिरफार डटकम, विराटनगर ७२ पटक हेरिएको
आइतबार, आश्विन ११, २०८३ समय : १४:०३:४९ , १ घन्टा अगाडि
नेपाली कांग्रेसका लोकप्रिय नेता चुमनारायण तवदारले मोरङ क्षेत्र नं. ६ बाट क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको आसन्य १५औं महाधिवेशनमा कांग्रेसका लोकप्रिय नेता तवदारले मोरङ क्षेत्र नं. ६ बाट क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसका लोकप्रिय नेता तवदारले शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफू कुनै गुटको नभई साँझा सभापति बन्न चाहेको बताए ।
विराटनगर महानगरपालिकाको केही वडा समेटिएको मोरङ क्षेत्र नं. ६ मधेसी र थारु बाहुल्य निर्वाचन क्षेत्र हो ।
जुन निर्वाचन क्षेत्रमा २० वटा वडा रहेका छन् । र त्यही निर्वाचन क्षेत्रबाट थारु समुदायका तवदारले क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी घोषणा गरेकोले उनी जितको नजिक रहेको नेपाली कांग्रेस विराटनगर महानगर समिति वडा नं. ४ का सभापति अर्जुन चुडालले बताए ।
नेपाली कांग्रेसका लोकप्रिय नेता तवदारले मोरङ क्षेत्र नं. ६ को पार्टी कार्यालय निर्माणका लागि विराटनगर महानगरपालिका वडा नं. ४ स्थित एयरपोर्ट रोडमा ३ करोड भन्दा बढी रकम बराबरको १ कठ्ठा जग्गा पार्टी कार्यालयलाई दिएका छन् ।
आफू क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालय निर्माण गर्ने तवदारले बताए ।