- चिरफार डटकम, विराटनगर १२६ पटक हेरिएको
मंगलबार, आश्विन २७, २०८३ समय : १७:५९:१७ , १ दिन अगाडि
मंगलबारदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ ।
विराटनगरको बिग होटेलमा सुरु भएको मुख्यमन्त्री सम्मेलनको बुधबार समापन हुनेछ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेशलाई अधिकार सम्पन्न बनाउनका लागि मुख्यमन्त्री सम्मेलनको आयोजना गरिएको बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव मुख्यमन्त्री सम्मेलनमा सहभागी छ ।
मुख्य मन्त्रीहरुको उपस्थितिमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र सम्मेलनले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी तयार पारिने साँझा प्रस्तावलाई सङ्घीय सरकार समक्ष बुझाउने कार्यक्रम रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।