चार्ड पर्वको बेला खुलेआम तस्करी

  • चिरफार डटकम, विराटनगर ८०  पटक हेरिएको

आइतबार, कार्तिक ३०, २०८३ समय : १४:११:२२ , १ घन्टा अगाडि

चार्ड पर्वको बेला रानी नाकाबाट खुलेआम तस्करी भइरहेको छ । नेपालीहरूको महान् चार्ड पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको समयमा रानी नाकाबाट खुलेआम तस्करीको लाइन सञ्चालनमा आएको छ ।

रानी नाकामा सुरक्षाका जिम्मेवारी सम्हाली रहेका सुरक्षाकर्मी तस्करीमा संलग्न रहेको रहस्य बाहिरिएको छ ।

चार्ड पर्वको बेला नेपाल भारतको सीमान्त क्षेत्र जोगबनी बजारमा प्रत्येक दिन २० करोड भन्दा बढी रुपैयाँ बराबरको महँगो ब्राण्डको सटिङ-सुटिङदेखि कुर्ता सलवारका कपडा बिक्री भइरहेको छ । र यसरी बिक्री भइरहेको लत्ताकपडा जोगबनीका कपडा कारोबारीले काठमाडौँ सहित देशको ठुलठुला सहरमा पुर्‍याउने काम भइरहेको छ ।

जोगबनीका कपडा कारोबारीले बिक्री गरेको कपडा रानी नाकामा रहेका साना ट्रान्सपोर्ट हुँदै विराटनगरका ठुला ट्रान्सपोर्टसम्म पठाउन लगाएर देशको विभिन्न सहरमा पुर्‍याउने काम भइरहेको छ ।

यस बाहेक विराटनगर, दुहबी, इनरुवा, इटहरी, धरान, दमक लगायत स्थानसम्म कपडा कारोबारीले प्रत्येक दिन जोगबनीमा ५० देखि १ लाख रुपैयाँ बराबरको कपडा खरिद गरेर निर्वाद रुपमा गन्तव्यसम्म पुर्‍याइ रहेका छन् । जसमा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको संलग्नता रहेको छ ।

जसका कारण राज्यले प्राप्त गर्नुपर्ने मोटो रकम राजस्व गुमी रहेको छ । भने कपडा कारोबारीसँग तस्कर गिरोह मालामाल भइरहेको छ । जुन कार्यबाट सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी केही रकम आर्जन गरिरहेका छन् । यस तर्फ राज्यको ध्यान जान जरुरी रहेको छ ।