साप्ताहिक गौ आहार सेवा ५औं वर्ष

  • चिरफार डटकम, विराटनगर १६८  पटक हेरिएको

आइतबार, मंसिर ०६, २०८३ समय : १७:२३:३८ , २ दिन अगाडि

श्रीकृष्ण गौ प्रेमी समूहद्वारा सञ्चालित साप्ताहिक गौ आहार सेवा ५ औं वर्षमा प्रवेश गरेको छ ।

साप्ताहिक गौ आहार सेवा ५औं वर्षमा प्रवेश गरेको अवसरमा विराटनगरका उद्योगी, व्यवसायी र सामाजिक व्यक्तिहरूले विराटनगर–१४ स्थित जतुवामा निर्माण गरेको गौ निवास कक्षको सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

श्रीकृष्ण गौ प्रेमी समूह विराटनगरका अध्यक्ष पृथ्वीकुमार अग्रवालले सोमबार कोशी प्रदेशका सांसद भीम पराजुलीले नवनिर्मित गौ निवास कक्षको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।