निर्माण व्यवसायी महासंघ कोशी अध्यक्षमा बुढाथोकी

  • चिरफार डटकम, विराटनगर १९०  पटक हेरिएको

आइतबार, मंसिर ०६, २०८३ समय : १७:२५:०५ , २ दिन अगाडि

निर्माण व्यवसायी महासंघ कोशी प्रदेश समितिको अध्यक्ष पदमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन् ।

२ सय ७२ मत प्राप्त गरेर बुढाथोकी अध्यक्ष पदमा निर्वाचित भए । उनका प्रतिबन्दी कमलप्रसाद गौतमले १ सय ३२ मत प्राप्त गरेर पराजित भए ।

प्रथम उपाध्यक्षमा रमेश कार्की, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा र तृतीय उपाध्यक्षमा बिमलकुमार बस्नेत निर्वाचित भए ।

सन्तोषकुमार बस्नेत महासचिवमा र लिलाप्रसाद गुरागाईँ नीतिगत उपमहासचिव र चन्द्र पाठक आन्तरिक उपमहासचिवमा निर्वाचित भए । किशोर भट्टराई कोषाध्यक्ष र मनोजकुमार राई सह-कोषाध्यषमा निर्वाचित भए ।

लक्ष्मी श्रेष्ठ, गणेशप्रसाद यादव, उत्तमकुमार पौडेल, सन्तकुमार मेहता, तिलकराज पोखरेल, गोपालबहादुर बस्नेत, अर्जुन शेर्पा, चन्द्रशेखर सुवेदी, रणबहादुर कार्की र सुप्रिम राई कार्यसमिति सदस्यमा निर्वाचित भए । नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरूको आइतबार पदस्थापन भएको छ ।