विराट ट्रेड फेयरमा २० करोडको कारोबार

  • चिरफार डटकम, विराटनगर १८७  पटक हेरिएको

शुक्रबार, आश्विन ३०, २०८३ समय : १६:५९:४१ , ४ घन्टा अगाडि

शुक्रवार विराटनगरमा सम्पन्न भएको विराट ट्रेड फेयरमा २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १ लाख भन्दा बढी उपभोक्ताहरूले विराट ट्रेड फेयरको अवलोकन गरेका छन् ।

विराट व्यापार संघले शुक्रवार विराटनगरमा आयोजना गरेको विराट ट्रेड फेयरको समापन समारोहमा संघका अध्यक्ष प्रमोद जिन्दलले १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखेकोमा २० करोड रुपैयाँ बराबरको कारोबार भएको बताए ।

सोचे भन्दा बढी कारोबार भएकोले विराट ट्रेड फेयर भव्य रूपमा सम्पन्न भएको अध्यक्ष जिन्दलले बताए । विराट व्यापार संघले विजया दशमीलाई लक्षित गरेर २०८३ असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरको मेनरोड स्थित जैन भवनको प्राङ्गणमा विराट ट्रेड फेयरको आयोजना गरेका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २२ गते विराट ट्रेड फेयरको उद्घाटन गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले शुक्रवार विराट ट्रेड फेयरको समापन गरेका छन् ।

विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं विराट ट्रेड फेयरका संयोजक श्यामलाल पौडेल (भवेष) ले सोचेभन्दा भव्य रूपमा विराट ट्रेड फेयर सम्पन्न भएकोमा आफू उत्साहित रहेको बताए ।

विराट ट्रेड फेयरमा उद्योगी तथा व्यवसायी प्रतिष्ठानको १ सय ३० वटा स्टल रहेका थिए । र सबै स्टलले भारी छुटमा सामान बिक्री गरेकोले सामान खरिद कर्ता उपभोक्ता खुसीका साथ घर फर्केको संयोजक पौडेलले बताए ।