विराटनगरका दुई युवालाई मारवाडी युवा संगठनमा अध्यक्ष र महासचिवको जिम्मेवारी

  • चिरफार डटकम, विराटनगर १३८  पटक हेरिएको

सोमबार, आश्विन ०५, २०८३ समय : १२:४५:४३ , १ घन्टा अगाडि

विराटनगरका दुई जना युवाले नेपाल राष्ट्रिय मारवाडी युवा संगठनमा अध्यक्ष र महासचिव पदको जिम्मेवारी पाएका छन् ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको असोज ३ र ४ गते नारायण घाटमा सम्पन्न पाँचौँ महाधिवेशनले विराटनगरका गोपाल अग्रवाललाई राष्ट्रिय अध्यक्ष र मोहित लालवानीलाई महासचिव पदमा निर्विरोध निर्वाचित गरेका छन् ।

यस अघि युवा संगठनमा अग्रवाल राष्ट्रिय उपाध्यक्ष र लालवानी सचिव पदको जिम्मेवारीमा रहेका थिए । विराटनगरका अग्रवाल चर्चित युवा उद्यमी हुन् ।

अग्रवालले विद्युतीय सामग्री उत्पादन सम्बन्धी उद्योग सञ्चालन गरिरहेका छन् । लालवानी चर्चित सामाजिक अभियन्ता हुन् । लालवानी मारवाडी युवा मञ्च विराटनगरको अध्यक्ष पदको जिम्मेवारीमा रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित