- चिरफार डटकम, विराटनगर ८२ पटक हेरिएको
बिहिबार, आश्विन ०८, २०८३ समय : १०:२६:५८ , १ घन्टा अगाडि
विराटनगरमा ६ दिनसम्म आयोजित एक कार्यक्रम मार्फत ५ सय ८२ पिन्ट रगत संकलन भएको छ ।
तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गरेको ६ दिने मेगा ब्लड डोनेशन कार्यक्रम मार्फत ५ सय ८२ पिन्ट रगत संकलन भएको हो ।
तेरापंथ युवक परिषद्ले असोज २ देखि ७ गतेसम्म विराटनगरको विभिन्न स्थानमा मेगा ब्लड डोनेशन कार्यक्रम सञ्चालन गरेको थियो ।
समाजको हरेक क्षेत्र तह र तप्काका व्यक्तिहरूले स्वतस्फूर्त रूपमा रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक युवा उद्यमी पवन पंकज पारखले जानकारी गराए ।
तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त दुगडले मारवाडी युवा मञ्च विराटनगर र विराटनगर प्लेटिनम राउण्ड टेबल नम्बर ११ सँग समन्वय गरेर मेगा ब्लड डोनेशन कार्यक्रम आयोजना गरेको र मेगा ब्लड डोनेशन कार्यक्रम पूर्ण रुपमा सफल भएकोले आफू उत्साहित भएको बताए ।
तेरापंथ युवक परिषद् विराटनगरका पूर्वअध्यक्ष विकास लालवानी, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी लगायतका युवाहरूले मेगा ब्लड डोनेशन कार्यक्रमलाई सफल बनाउन दिन रात मेहनत गरेका थिए ।