नेपाल माहेश्वरी परिषद्का आनन्द मारु अखिल भारतवर्षीय माहेश्वरी महासभाको पूर्वाञ्चल संयुक्त मन्त्रीमा निर्वाचित

  • चिरफार डटकम, विराटनगर ८२  पटक हेरिएको

मंगलबार, आश्विन ०६, २०८३ समय : १३:१५:१८ , ५४ मिनेट अगाडि

नेपाल माहेश्वरी परिषद्का मूल सदस्य आनन्द मारु अखिल भारतवर्षीय माहेश्वरी महासभाको पूर्वाञ्चल संयुक्त मन्त्री पदमा निर्वाचित भएका छन् ।

महासभाको निर्वाचनमा खसेका कुल १४४ मतमध्ये मारुले ९४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

मारु विगत ३५ वर्षदेखि सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय छन् । उनी सत्यनारायण मन्दिर र नेपाल माहेश्वरी सभा विराटनगरका पूर्वअध्यक्षसमेत हुन् ।

लामो समयदेखि माहेश्वरी समाजको सेवा र संस्थागत विकासमा सक्रिय मारु पूर्वाञ्चल संयुक्त मन्त्रीमा निर्वाचित भएसँगै नेपाल र भारतका माहेश्वरी समुदायबीचको सम्बन्ध तथा सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित