केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रक्षा यादवको उम्मेदवारी

  • चिरफार डटकम, विराटनगर ५५  पटक हेरिएको

आइतबार, आश्विन ११, २०८३ समय : १४:०१:२५ , १ घन्टा अगाडि

नेपाली कांग्रेसको आसन्य १५औं महाधिवेशनमा विराटनगरबाट जेन्जी पुस्तका रक्षा यादवले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

मोरङ क्षेत्र नं. ६ को वडा नं. १२ बाट क्षेत्रीय प्रतिनिधिमा रक्षा यादव निर्वाचित भएका हुन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दन्त चिकित्सक तर्फ चौथो वर्षमा अध्ययनरत मधेसी समुदायका रक्षा यादव नेपाली कांग्रेसमा जेन्जी पुस्तालाई अगाडी बढाउने उद्देश्यका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्न लागेको बताए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगरका रक्षा यादव १८ वर्षको उमेरमा मोरङ क्षेत्र नं. ६ को वडा नं. १२ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्