विराटनगर किङ्सले ९ वटा प्रायोजकसँग गर्‍यो सम्झौता-पत्रमा हस्ताक्षर

  • चिरफार डटकम, विराटनगर २६३  पटक हेरिएको

आइतबार, कार्तिक ०९, २०८३ समय : १६:३८:०४ , ४ घन्टा अगाडि

२०८३ कात्तिक ९ गते सोमबारदेखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एन.पी.एल.) को तेस्रो संस्करणको खेल सुरु हुँदैछ ।

२०८३ कात्तिक ९ गते (२६ अक्टुवर २०२६) देखि सुरु हुने एन.पी.एल. प्रतियोगिताको २०८३ मंसिर ५ गते शनिवार (२१ नोभेम्बर २०२६) मा समापन हुनेछ ।

काठमाडौँमा आयोजना हुन लागेको एन.पी.एल. तेस्रो संस्करणको प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । कोशी प्रदेशको विराटनगर किङ्सले ९ वटा प्रायोजकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

विराटनगर किङ्सले आइतबार विराटनगरमा प्रिमियर स्टिल, म्याजिक फुटवेयर र यूनाइटेड अजोड इन्स्योरेन्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

विराटनगर किङ्सका निर्देशक पारस लुनिया र सुयशराज प्याकुरेल र प्रिमियर स्टिलका निर्देशक अभिजित सिंह, म्याजिक फुटवेयरका निर्देशक नविन पौदार र यूनाइटेड अजोड इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख केदारबहादुर खत्री बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस अघि विराटनगर किङ्सले स्टीम ड्रिङ्क, पी.एल.ओ. लुब्रिकेन्टस्, ह्यात होटेल, एभरेष्ट बैंक, बागमती प्लास्टिक र बाजेको सेकुवा बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।