कोशी प्रदेश सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

  • चिरफार डटकम, विराटनगर १४४  पटक हेरिएको

सोमबार, मंसिर ०१, २०८३ समय : १६:३१:४२ , ३ घन्टा अगाडि

नेपाली कांग्रेस कोशी प्रदेश सभापति पदका लागि रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर रायमाझीले कोशी प्रदेश समितिका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

रायमाझीले आफ्‌नो नाममा पार्टी भित्र सर्वसंमतीको प्रयास भइरहेको बताए । राष्ट्रिय सभामा संसदीय दलको नेता भइसकेकोले आफ्‌नो नेतृत्वमा सबै अटाउन सक्ने रायमाझीले बताए ।

मंसिरको तेस्रो साता विराटनगरमा नेपाली कांग्रेस कोशी प्रदेश समितिको अधिवेशन हुन लागेको छ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिमा २ हजार ५ सय प्रतिनिधि रहेका छन् । र अधिवेशनमा सबै प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागिता जनाएर नेतृत्व चयन गर्ने छन् ।