- ब्रह्मदेव यादव, विराटनगर ८४९ पटक हेरिएको
बिहिबार, चैत्र ०२, २०७९ समय : १४:२८:०९ , २ वर्ष अगाडि
विराटनगर स्थित शिक्षादीप कलेजका पूर्व विद्यार्थी अदिति जैन एम.बी.बी.एस.को प्रवेश परीक्षामा नेपालको चौथो स्थान प्राप्त गर्न सफल भएकी छिन् । महिला तर्फ अदितिले नेपाल प्रथमको स्थान हासिल गरे ।
चिकित्सा शिक्षा आयोगले लिएको २०७९ सालको एम.बी.बी.एस. को प्रवेश परीक्षा तर्फ सुनसरी जिल्लाकोे हरिनगरा गाउँपालिकाकी अदिति जैन १४ हजार भन्दा बढि विद्यार्थीहरुलाई पछाडी छोड्दै नेपाल चौथोको स्थान सुरक्षित गर्दै पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएकी छिन् ।
शिक्षादीप कलेजबाट २०७७–२०७८ ब्याच समूहबाट विज्ञान संकायतर्फ कक्षा १२ उत्र्तिण अदितिले २०७८ सालको एम.बी.बी.एस.को प्रवेश परिक्षमा ३६० नम्बरमा नाम निकालेकी थिइन् । अघिल्लो बर्ष पूर्ण छात्रवृत्ति कोटमा नाम निकाल्न नपाउँदा अदिति पुनः यस बर्ष एम.बी.बी.एस.को प्रवेश परिक्षामा सहभागिता जनाउँदै नेपालको चौथो स्थान हासिल गर्न सफल भईन ।
बिहीबार शिक्षादीप कलेजमै चिरफार डटकम सँग कुरा गर्दै अदितिले एम.बी.बी.एस.को तयारी गर्दा सुरुमा ७ देखि ८ घण्टा र परिक्षा नजिक आउँदा ४ महिनादेखि प्रत्येक दिन १२ देखि १३ घण्टासम्म अध्ययन गरेकी बताईन । कडा मेहनतपछि एम.बी.बी.एस.मा नाम निकाल्न पाउँदा साह्रै खुशी लागेको अदितिले बताइन् ।
शिक्षादीप कलेजले बिहीबार कलेजमै भव्य कार्यक्रम गरेर अदितिलाई स्वागत र सम्मान गरेको छ । कलेजका अध्यक्ष तथा कोसी प्रदेशका सांसद भीम पराजुली, कलेजका निर्देशक रमेश मण्डल, बसन्त बस्नेत, भुपेन्द्र दाहाल (भूपी) र कलेजका संचालक सदस्य तथा प्रध्यापक रामचन्द्र अधिकारीले अदितिलाई सम्मान गरे ।
यस अघि शिक्षादीप कलेजबाट एम.बी.बी.एस. तर्फ २०७१ सालमा गौरव नेपाल, २०७३ सालमा सुशिल यादव, २०७५ सालमा सुजन पुरीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । २०७२ सालमा कलेजका ६ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए । इन्जिनियरिङ तर्फ प्राइभेट कलेजबाट कृपानन्द यादवले १ नम्बरमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए ।
शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कलेजका विद्यार्थीहरुले एम.बी.बी.एस. अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा आफु उत्साहित भएको बताए ।