- चिरफार डटकम, विराटनगर ४१५ पटक हेरिएको
शुक्रबार, चैत्र ०३, २०७९ समय : १६:०१:०३ , २ वर्ष अगाडि
नाप र तौल ऐन २०७६ विपरित आफु खुसी सामान उत्पादन गरेर विक्री वितरण गर्ने उद्योगीलाई गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरले कारवाही गर्ने तयारी गरेको छ । नाप र तौल ऐन विपरित सामान उत्पादन गरेर विक्री गर्ने उद्योगीलाई ठगी ऐन बमोजिम ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र जेल सजायको व्यवस्था छ ।
गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका प्रमुख मनोजकुमार पोखलेलले नाप र तौल ऐन विपरित आफु खुसी औद्योगिक सामग्री उत्पादन गरेर विक्री भईरहेकोले त्यसलाई सच्याउन उद्योगीलाई छलफलमा बोलाउने तयारी भईरहेको बताए ।
पहिलो चरणमा उद्योगीलाई ऐन बिपरित सामग्री उत्पादन र विक्री नगर्न ७ दिनको चेतावनी दिने र त्यसलाई अटेर गरे उद्योगमा पुगेर कारवाही गर्ने पोखरेलले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले पहिलो चरणमा उद्योगीसँग सम्वाद गरेर ऐन विपरितका सामग्री उत्पादन र विक्री नगर्न अल्टिमेटम दिन सुझाव आएकोले आफु सोही अनुसार अगाडी बढेको पोखरेलले बताए ।
उद्योगी तथा व्यपारी प्रतिष्ठानले नाप र तौल ऐन विपरित सामान उत्पादन र विक्री गरिरहेको छ । नाप र तौल ऐनले ५० ग्रामभन्दा तल उद्योगले आफु खुसी सामान उत्पादन गर्न पाउँछन् । ५० ग्रामभन्दा बढि ५० ग्राम, ७५ ग्राम, १०० ग्राम, १२५ ग्राम, १५० ग्राम, १७५ ग्राम, २०० ग्राम, २५० ग्राम, ५०० ग्राम र १ केजीभन्दा माथिको तौलमा सामान उत्पादन गर्न ऐनले ब्यवस्था गरेको छ ।
ऐनमा व्यवस्था नै नभएको ३०० ग्राम, ४०० ग्राम र ९०० ग्रामको सामान उत्पादन गरेर उद्योगीले उपभोक्तालाई झुक्याउने र ठगिगर्ने काम गरिरहेको छ । विस्कुट, चाउचाउ, चामल, दाल, तेल, लिटो लगायतका खाद्यान्न सामग्री उद्योगीले आफु खुसी उत्पादन गरेर विक्री गरिरहेको छ । पानी उद्योगले पनि ९०० ग्राम मात्रै पानी बोतलमा राखेर १ लिटर भन्दै उपभोक्तालाई ठग्ने काम गरिरहेको छ । यस्ता उद्योगी व्यवसायीलाई नाम र तौल ऐनले व्यवस्था गरे बमोजिम कारवाही गर्ने तयारी भईरहेको पोखरेलले बताए ।