चैत्र ९ देखि १६ गतेसम्म विराट गोल्डकप

  • चिरफार डटकम, विराटनगर ६३१  पटक हेरिएको

सोमबार, चैत्र ०६, २०७९ समय : १८:११:०९ , २ वर्ष अगाडि

चैत्र ९ देखि १६ गतेसम्म विराटनगरमा विराट गोल्डक हुँदैछ । विराटनगर स्थित सहिद रंगशालामा रात्रीकालिन समयमा खेलाउने विराटनगर गोल्डकप फुटबल प्रतियोगिता २०७९ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ ।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बाँनिया, उपाध्यक्ष किशोरबहादुर शाही, महासचिव विनेश बस्नेत, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सहसचिव बसन्त अर्याल लगायतका पदाधिकारीहरुले सोमबार आयोजना गरेको पत्रका सम्मेलनमा विराट गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार नगद सहित ट्रफी प्रदान गर्ने जानकारी गराए ।

ट्रष्टले विराट गोल्डकपलाई भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न गर्न विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई संयोजक र फुटबल बिग्य देवाशिस कोइरालालाई सहसंयोजकको जिम्मेवारी सुम्पिएको छ । पत्रकार सम्मेलनमा सहसंयोजक कोइरालाले प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहने जानकारी गराए ।

प्रतियोगितामा नेपालका ३ विभाग्य क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस सहित संकटा, जवालाखेल र घरेलु टोलिको रुपमा विराटनगर सिटी फुटबल क्लबको सहभागिता रहने छ । भारतको दिल्ली एफसी र केरला लुका सकरको सहभागिता रहने छ ।

विराटनगरको सहिद मैदानमा खेलाइने रात्री कालिन फुटबल प्रतियोगिताको लागि फर्डलाइट जडान गरिएको छ । आयोजकले फर्डलाइटको परिक्षण गरिसकेको छ । बेलुका ७ः३० बजे सुरुहुने फुटबल प्रतियोगिता ९ः३० बजेसम्म चल्ने छ । तर दर्शककोलागि ५ बजेदेखि नै मैदान प्रवेश गराउने आयोजकले तयारी गरेको छ । प्रत्येक दिन ६ हजार ५ सयको हाराहारीमा टिकट विक्री गर्ने आयोजकले तयारी गरेको छ ।