प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री कार्की बिच बिदाई भेटघाट

  • चिरफार डटकम, विराटनगर १५३  पटक हेरिएको

आइतबार, कार्तिक १६, २०८३ समय : १७:२०:५० , ११ घन्टा अगाडि

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्की बिच आइतबार भेटघाट भएको छ ।

कोशी प्रदेश प्रमुखको रूपमा ५ वर्षे कार्यकाल पुरा गरेर घर फर्किन लागेका खापुङसँग मुख्यमन्त्री कार्कीले बिदाई भेटघाट गरेको हो ।

२०७८ कार्तिक २५ गतेदेखि कोशी प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका खापुङ कार्तिक २४ गते ५ वर्षे कार्यकाल पुरा गर्दैछ ।

प्रदेश प्रमुखको जिम्मेवारी पुरा गरेर घर फर्किन लागेका खापुङसँग मुख्यमन्त्री कार्कीले भेटघाट गर्दै प्रदेश प्रमुखको रूपमा खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालको कोटाबाट खापुङ प्रदेश प्रमुख बनेका थिए । नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम प्रदेश प्रमुखको कार्यकाल ५ वर्षको रहने छ ।

एउटा प्रदेशमा ५ वर्षे कार्यकाल पुरा गरिसकेपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाउने संवैधानिक व्यवस्था छ ।