- चिरफार डटकम, विराटनगर ८०४ पटक हेरिएको
बुधबार, चैत्र १५, २०७९ समय : १५:१३:४९ , २ वर्ष अगाडि
विराटनगर स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालकप्रति निक्षेप कर्ताको असन्तुष्टि बढेको छ । र असन्तुष्टि निरन्तर बढ्ने क्रम जारी छ । तर सहकारीका संचालक बचत कर्ताको असन्तुष्टिलाई समाधान गर्नुको साटो भागी भागी हिड्न थालेका छन् ।
विराटनगर–७, रंगेली रोडस्थित आस्था नेपाल सहकारी संस्थाको कार्यालयमा बचत कर्ताले रकम फिर्ताकालागि लाइन लाग्ने गरेको छ । तर सहकारीका संचाल बचत कर्ताको बचत फिर्ता गर्नसक्ने अवस्थामा नरहेकोले बचत कर्ताहरु सहकारीका संचालकप्रति असन्तुष्ट बनेको छ ।
सहकारीमा प्रत्येक दिन बचत गरेको रकम फिर्ता लिन बचत कर्ताको बाक्लै भिड लाग्न थालेपछि सहकारीका संचालक गोपाल हुँडा र राजेश हुँडा कार्यालय आउँन छोडेको छ । र कार्यालयको समय अवधि घटाएको छ । बिहान ९ बजे खुल्ने सहकारी यतिखेर ११ बजे खुल्न थालेको छ । ५ बजेसम्म खुल्ला रहने सहकारी २ बजे नै बन्द हुन थालेको छ ।
केही समय अगाडी विराटनगरको पुरानो गुद्री बजारमा आस्था नेपालको कार्यालय रहँदा राम्रैसँग चलेको सहकारी पछिल्लो समय संचालक हुँडाको कारण धारासाही बन्न पुगेको छ । सहकारीमा हजारौं बचत कर्ताको मोटोरकम जम्मा छ । तर सहकारीका संचालक हुडा बुवा छोराले बचत कर्ताको रकम कहाँ लगानी गरेको विषयमा जवाफ दिने अवस्थामा छैन ।
चिरफार डटकम सँग कुरागर्दै सहकारीका संचालक छोरा राजेश हुडाले आर्थिक मन्दिको कारण बचत कर्ताको रकम तुरुन्तै फिर्ता दिन सक्ने अवस्था नरहेको बताए ।