विराटनगर महानगरपालिका विरुद्ध व्यवसायी भड्किए

  • ब्रह्मदेव यादव, विराटनगर ८३१  पटक हेरिएको

बुधबार, चैत्र २२, २०७९ समय : १६:१४:०२ , २ वर्ष अगाडि

विराटनगर महानगरपालिकाको नो पार्किङ विरुद्ध व्यवसायी भड्कीएको छ । व्यवसायी सडकमा भईरहेको एकतफी पार्किङ हटाउन पाइदैन भनी माग गर्दै बुधबार विराटनगर बजार बन्द गराएका छन् । व्यवसायी विराटनगर बजार बन्द गराउँदै महानगरपालिका विरुद्ध नारावाजी गरेका थिए ।

महानगरपालिकाले नगरक्षेत्रको सडकबाट पार्किङ हटाएपछि व्यवसायीले त्यसका विरुद्ध सडक संघर्ष जारी राखेको छ । सडक संघर्षको नेतृत्व गरिरहेको व्यवसायीको पसलमा महानगरपालिकाले बुधबार छानी छानी छापामार शैलीमा अनुगम गरेका छन् ।

४ दिनदेखि सडक पार्किङ विरुद्ध निष्कृय रहेको विराटनगर महानगरपालिका बुधबार एक्कासी सक्रिय भएका छन् । र आन्दोलनको नेतृत्व गरिरहेको व्यवासयीको पसलमा अनुगम गर्नेदेखि सडकमा पार्किङ गरेका दर्जनौ मोटरसाईकल र स्कुटिमा लक लगाएका थिए ।

अनुगमनको नाममा नो पार्किङ विरुद्ध आन्दोलन गरिरहेका व्यवसायीलाई तर्साउन खोजेको निश्कर्ष निकाल्दै बुधबार विराटनगर बजार बन्द गराएका छन् । नो पार्किङ विरुद्ध आन्दोलन गरिरहेका व्यवसायी विवेक अग्रवालको मेनरोड स्थित आँगन स्विट र शशिभुषण साहको रंगेली रोड स्थित बजरंग ज्वेलर्समा महानगरपालिकाले बुधबार अनुगमन गरेका थिए ।

अनुगमको नाममा व्यवसायीलाई तर्साउन खोजेको भन्दै उद्योगी व्यवसायीसँग आबद्ध संघ संस्थाका पदाधिकारीहरु बुधबार सडकमै उत्रिएर महानगरपालिकाको विरोध गरेका छन् । र महानगरपालिका विरुद्धको आन्दोलनलाई निरन्तरर्ता दिने उद्घोष गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले व्यवसायीको आन्दोलनका कारण महानगरपालिका नो पार्किङ विरुद्ध पछाडी नहट्ने प्रतिक्रिया दिएका छन् ।

मेयर कोइरालाले विराटनगरलाई सफा र सौन्दर्य सहर बनाउन सडकबाट पार्किङ हटाउन आवश्यक रहेकोले महानगरपालिका सोही दिशामा अगाडी बढेकोले पछाडी फर्किन सक्ने सम्भावना नरहेको बताए ।