कोशी प्रदेश खारेज गर्न अल्टिमेटम

  • ब्रह्मदेव यादव, विराटनगर ३१०  पटक हेरिएको

आइतबार, चैत्र २६, २०७९ समय : १७:४६:५७ , २ वर्ष अगाडि

पहिचान सहितको पुनः नामाकरण संघर्ष समितिले कोशी प्रदेश खारेज गर्न सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटम बुझाएका छन् । पहिचान सहितको पुनः नामाकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिम, संघिय लिम्बुवान प्रान्तिय मञ्चका अध्यक्ष कुमार लिङदेन सहित १३ जना पहिचानवादी पक्षधर टोलिले सभामुख गौतमलाई अल्टिमेटम बुझाउँदै चाडोभन्दा चाडो कोशी प्रदेश सभाको बैठक बोलाएर कोशी प्रदेश नाम खारेज गर्न सुझाव दिएको छ ।

फागुन १७ गते बसेको १ नं. प्रदेश सभाको बैठकले कोशी प्रदेश नामाकरण गरेका थिए । नेकपा एमाले, नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले जालझेल गरेर कोशी प्रदेश नामाकरण गरेकोले ति दल विरुद्ध पहिचानवादी आन्दोलनकारी आक्रमक रुपमा प्रस्तुत भए । र खुल्ला मतदान पक्रिया मार्फत दलका सांसदलाई मतदान गर्न बाध्य पारेकोले कोशी प्रदेश नामाकरण खारेज नभए ति दलका नाइकेलाई नछोड्ने चेतावनी दिएका छन् ।

कोशी प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल, पहिचानवादी पक्षधरले सभामूख गौतमलाई अल्टिमेटम बुझाइराख्दा साक्षिको रुपमा उपस्थित रहेका थिए ।