- चिरफार डटकम, विराटनगर ९०० पटक हेरिएको
सोमबार, चैत्र २७, २०७९ समय : १८:०८:०२ , २ वर्ष अगाडि
विदाई कार्यक्रममा विद्यार्थीहरुले ग्रिनल्याण्डलाई विराटनगरको उत्कृष्ट कलेजको उपाधी प्रदान गरेको छ । विराटनगर–९ स्थित ग्रिनल्याण्ड कलेजले सोमबार आयोजना गरेको विदाई कार्यक्रममा कक्षा–१२ को अध्ययन पुरा गरेका विद्यार्थीहरुले २ बर्षसम्म अध्ययनको क्रममा हासिल गरेको अनुभवलाई सार्वजनिक गर्दै ग्रिनल्याण्डलाई उत्कृष्ट कलेजको उपाधी प्रदान गरे ।
कलेजबाट कक्षा १२ तर्फ व्यवस्थापन संकायतर्फका मनिषकुमार साह र विज्ञान संकायतर्फका अप्रिता दासले ग्रिनल्याण कोशी प्रदेशको राजधानी विराटनगरमा रहेका कलेजहरु मध्ये उत्कृष्ट कलेज रहेको आफ्नो अनुभव सुनाए । कलेजमात्र हैन ।
कलेजमा अध्यापन गराउँने शिक्षक शिक्षिकाहरु पनि उत्कृष्ट रहेको दासले बताईन । कलेजले कक्षा १२ को विज्ञान व्यवस्थापन र होटल व्यवस्थापन संकायतर्फका ८७५ जना विद्यार्थीलाई विदाई गरेको छ । कलेजका संचालक समितिका अध्यक्ष तथा प्रिन्सिपल दिपक पोखरेल, निर्देशक भारवी न्यौपाने, निर्देशक तथा संचालक शिवनारायण यादव, कृष्ण यादव, पिताब्र लुईटेल, रविन्द्र घिमिरे, हरि धमला, राजिव मिश्रले विद्यार्थीहरुलाई मायाँको चिनो दिएर बिदाई गरे ।
कलेजले विभिन्न समयमा लिएको आन्तरिक परिक्षा र खेलकुद तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरेका थिए । २०७० सालमा स्थापना भएको ग्रिनल्याण कलेज पढाई सँगै अतिरिक्त क्रियाकलाप तर्फ कोशी प्रदेशको उत्कृष्ट कलेजको रुपमा परिचित छ ।