नविन रिजालको सान्दार जित

  • ब्रह्मदेव यादव, विराटनगर ५६५  पटक हेरिएको

बिहिबार, चैत्र ३०, २०७९ समय : १७:०७:४७ , २ वर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा नविन रिजालले सान्दार जित हाँसिल गरेको छ । रिजाल मोरङ व्यापार संघ विराटनगरका अध्यक्ष हुन् । मोरङ व्यापार संघकै ईतिहासमा अध्यक्ष पदमा बहाल रहेको पदाधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा निर्वाचित भएको यो पहिलो रेकर्ड पनि हो ।

नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला तर्फबाट खुल्ला तर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका रिजालले सान्दार जित निकालेको हो । नगर तथा जिल्ला तर्फ १८ सदस्य पदकालागि ३२ जनाको उम्मेदवारी परेको थियो । र रिजालले ऐतिहासिक मत प्राप्त गर्दै ५औं स्थानमा सान्दार जित हाँसिल गर्न सफल भए ।

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, पूर्व अध्यक्ष महेश जाजु, नेपाल उद्योग परिसंघ कोशी प्रदेश विराटनगरका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिल साह, विराटनगरका उद्योगी रमेश राठीको टिम रिजाललाई केन्द्रिय सदस्य पदमा निर्वाचित गराउँन खुबै मेहनत गरेका थिए ।

विराटनगरबाट काठमाडौं पुगेका उद्योगीहरुको टोली दिनरात खटेर देशभरिका उद्योगीसँग मत माग्दै रिजालको विजय सुनिश्चित गराउँन लागि परेको थिए । र सफलता पनि प्राप्त गरे । विराटनगरका नविन रिजाल केही गरेर देखाउने क्षमता भएका उद्योगी हुन् । यात उनले नसक्ने काममा हात नै हाल्दैनन् । हात हालेको काम पुरा गरेर छाड्ने ईश्यालु प्रवृत्तिका व्यक्ति हुन् ।

सुनसरी मोरङ औधोगिक करिडोर जोड्ने भारत बथनाहको मिरगंज पुल निर्माणकालागि संघका अध्यक्ष रिजाल र उनको टिमले नेपालदेखि भारतको केन्द्रिय र विहार राज्यसम्मका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई दर्जनौं पटक भेटघाट गरेर मिरगंज पुलको समस्या अवगत गराएका थिए । र जसको परिणाम स्वरुप मिरजंग पुलको निर्माण कार्य पुरा भएको छ ।

कोभिड–१९ महामारीपछि लथालिंग अवस्थामा पुगेको उद्योगी क्षेत्र यूक्रेन, रुस बिच यूद्धको कारण चरम आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । र यस्तो अवस्थामा चर्को बैंक ब्याजदर र नेपाल राष्ट्र बैंकको गलत नितिका कारण संघका अध्यक्ष रिजालले देशको राजधानी काठमाडौंमा देशभरीका उद्योगीलाई भेला गरेर आन्दोलन गरे । र सफलता पनि प्राप्त गरे ।

जसको कारण रिजाललाई नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा अत्याधिक मत प्राप्त गरेर जित निकाल्न सजिलो भएको संघका कार्यसमिति सदस्य गोपाल अग्रवालले बताए ।