- चिरफार डटकम, विराटनगर ५५८ पटक हेरिएको
शुक्रबार, बैशाख ०१, २०८० समय : २१:२०:४३ , १ वर्ष अगाडि
विराटनगर महानगरपालिकाको वडा नं. ११ स्थित जनपथ टोलमा ऋद्धि सप्लायर्सले सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । चिनको हिक भिजन सिसी टिभी क्यामरा उत्पादन गर्ने विश्व प्रसिद्ध कम्पनी हो । र विराटनगरको ऋद्धि सप्लायर्सले हिक भिजन सिसि टिभी क्यामराको विक्री गर्ने अधिकारीक विक्रेता हो ।
ऋद्धि सप्लायर्सका संचालक तथा प्रमुख कार्यकारी अधिकृत जयन्त बोथराले नयाँ बर्ष २०८० सालको बैशाख १ गते शुक्रबारदेखि विराटनगरको जनपथ टोलमा रहेको आफ्नै घरमा सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको छ । यस अघि बोथराले विराटनरको मेनरोड स्थित अतिथि सदन नजिक पसल संचालनमा ल्याएर सिसि टिभी क्यामरा लगायत सूचना प्रविधिकालागि चाहिने आवश्यक सामग्री विक्री गरिरहेका थिए ।
अब जनपथ टोलको आफ्नै घरको शोरुमबाट २४ घण्टा सेवा प्रदान गर्ने गरी शोरुम संचालनमा ल्याइएको बोथराले बताए । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की, रोटरीयन सन्तोष रिजाल, चिनको हिक भिजन कम्पनीका मार्केटिङ म्यानेजर मोहम्मद चुन्न र ऋद्धि सप्लायर्सका संचालक तथा प्रमुख कार्यकारी अधिकृत जयन्त बोथराले सुविधा सम्पन्न नयाँ शोरुपको उद्घाटन गरेका थिए ।
सो शोरुम मार्फत हिक भिजन ब्राण्डका सिसी टिभी क्यामरा सहित ऐसेस कन्ट्रोल, मोनिटर, हाजिरी मेशिन, भिडियो रोड फोन, ठुला ठुला लिड बोड्स, पार्किङ सोलुसन, चेक पौन्ट, ट्राफिक राडार क्यामरा लगायत सामग्री विक्री गर्नेछ ।