- चिरफार डटकम, विराटनगर ५१६ पटक हेरिएको
शनिबार, बैशाख ०९, २०८० समय : १५:३१:४२ , १ वर्ष अगाडि
श्री हरिसत्संग समिति नेपाल केन्द्रिय कार्यालय विराटनगरले शनिबार १०० भन्दा बढि जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ८४ बर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई समितिले समान गरेको हो ।
श्री हरिसत्संग समिति नेपाल केन्द्रिय कार्यालय विराटनगरका अध्यक्ष भिखमचन्द सरल, समितिका बरिष्ठ सल्लाहकार उद्योगी तथा समाजसेवी देवकिनन्दन अग्रवाल, समितिका कोशी प्रदेश अध्यक्ष विद्यानन्द माझी, समितिका विराटनगर च्याप्टर अध्यक्ष उद्योगी श्रवण अग्रवाल र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार विराटनगरमा भव्य समारोहका बिच जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
विराटनगरका वंशीधर अग्रवाल, शिवरतन लखोटिया र वहाँका श्रीमती रामेश्वरीदेवी लखोटिया, मुलचन्द राठी, श्यामलाल अग्रवाल, सरस्वतीदेवी करुवा, किरणवालादेवी नौलखा, गुलाबीदेवी नौलखा, इन्दुदेवी नौलखा, जेष्ठ नागरिक सम्मानबाट सम्मानित भए । कार्यक्रमका मुख्य संयोजक शिवरतन शर्मा जोशी, संयोजक जीतेन्द्रराज घिमिरे, सहसंयोजक घनश्याम राठीले जेष्ठ नागरिकहरुलाई स्वागत तथा सम्मान गरेका थिए । समितिका केन्द्रिय अध्यक्ष भिखमचन्द सरलले जेष्ठ नागरिकहरुको आशिर्वाद लिन वहाँहरुलाई सम्मान गरेको बताए ।