- चिरफार डटकम, विराटनगर ३९३ पटक हेरिएको
बुधबार, बैशाख २०, २०८० समय : १६:४३:१८ , २ वर्ष अगाडि
नेपाल पत्रकार महासंघ मोरङले बुधबार १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको कार्यक्रमा जिल्लाका १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १२ जना पत्रकारलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो । मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, दिनेश श्रेष्ठ, केशवबहादुर कार्की, दुर्गाप्रसाद भट्टराई, मोहन भण्डारी, दिपक दाहाल, तेजेन्द्र भण्डारी, प्रभाषचन्द्र झा र देवी पन्थीलाई सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनालले ६० बर्ष उमेर पुरागरेका मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारीता गरिरहेका १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको बताए ।