- ब्रह्मदेव यादव, विराटनगर १०४२ पटक हेरिएको
सोमबार, जेठ ०८, २०८० समय : १६:३१:०३ , १ वर्ष अगाडि
भारतमा जारी आइपीएल क्रिकेट प्रतियोगितामा खुल्लेआम मोटो रकम बराबरको सट्टेबाजी भईरहेको छ । आइपीएल क्रिकेट प्रतियोगिता सकिनै लाग्दा सट्टेबाजहरु सट्टेबाजी लगाउने रकममा वृद्धि गर्न थालेका छन् । सोमबार रातीदेखि आइपीएल क्रिकेटको पहिलो चरणको खेल सकिएको छ । ४ टिम सेमिफाइनल हुँदै फाइनलमा प्रवेश गर्ने गरी अन्तिम ४ मा पुगेका छन् ।
गुजरात, चेनई, लखनउ र मुम्बई अन्तिम ४ मा पुग्न साथ सट्टेबाजहरु आइपीएल क्रिकेटमा एक महिनाको अवधिमा हारेको रकम जितेर फिर्ता ल्याउन सट्टेबाजीको रकम वृद्धि गर्न थालेका छन् । विराटनगर–९ घोगापुल चोक निवासी अर्थर अन्सारी विराटनगरमा हुने गरेको आइपीएल क्रिकेटको मुख्य अन्तर्राष्ट्रिय सट्टेबाजी हुन् । अर्थर अन्सारीले क्रिकेटको सट्टेबाजीबाट मोटो रकम बराबरको सम्पती जोड्न सफल भएका छन् ।
अन्सारीको घोघापुल चौकमा इलेक्ट्रोनिक्स सामान विक्री गर्ने ठुलो पसल रहेको छ । यो व्यापारको नाममा देखाउनकालागि मात्रै पसल खोलेका हुन् । अन्सारीले सट्टेबाजीबाट कमाएको मोटो रकम स्वास्थ्य संस्था र घर जग्गामा लगानी गरेका छन् । विराटनगरको १ दर्जनभन्दा बढि संस्थामा अन्सारीको मोटो रकम लगानी रहेको छ । र उनले यी सबै रकम लामो समयदेखि क्रिकेटको सट्टेबाजीबाट आर्जन गरेका हुन् ।
यतीखेर भारतको विभिन्न सहरमा आइपीएल क्रिकेट प्रतियोगिता संचालन भईरहेका छन् । क्रिकेट प्रतियोगिता सुरु हुनासाथ सूचना प्रविधिको भरपुर सदुपयोग गरेर अन्सारीले सट्टेबाजी खेल खेलाउने गरेको छ । प्रत्येक दिन ५ देखि १० जनाको मोटो रकम क्रिकेट सट्टेबाजीमा लगाइ दिदाँ हारनेलेत हा¥यो तर जित्नेले जितेको रकमबाट २० देखि २५ प्रतिशत रकम अन्सारीले हिस्सा पाउने गरका छन् । र यो भनेको प्रत्येक दिन करोडौ हाराहारीको रकम हो ।
अन्सारीसँगै विराटनगरमा १ सय भन्दा बढि सट्टेबाजहरुले प्रत्येक दिन मोटो रकम बराबरको सट्टेबाजी खेलाउने गरेको छ । यस प्रति मोरङ प्रहरी बेखबर छ । केही समय अगाडी क्रिकेटमा सट्टेबाजी खेलाएको आरोपमा अन्सारी माथी मोरङ प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । लामो समय फरार सूचीमा रहेका अन्सारी प्रहरी सँग लेनदेनमा कुरा मिलेपछि घर फर्किका थिए । र यति खेर पुनः निर्वाध रुपमा सट्टेबाजी खेलाइ रहेका छन् ।