४९६१४१२ कोशी प्रदेशको जनसंख्या

  • चिरफार डटकम, विराटनगर ४८०  पटक हेरिएको

बुधबार, जेठ १०, २०८० समय : १५:१४:३८ , २ वर्ष अगाडि

कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ पुगेको छ । यो जनसंख्या भनेको वार्षिक रुपमा ०.८६ प्रतिशतले वृद्धि भईरहेको जनसंख्या हो । नेपालको कुल जनसंख्याको ४४ प्रतिशत भन्दा बढि नेपाली नागरिक विदेशमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । अझै नेपाली विदेशीने क्रम बढेको छ । र यो भनेको देशको लागि काहाली लाग्दो अवस्था हो ।

राष्ट्रिय जनजणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या ५० लाखको हाराहारीमा पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौं र तथ्याङ्क कार्यालय मोरङले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश जनसंख्या सार्वजनिक गरिएको हो । सरकारलाई केही समय अगाडि नै नेपालको जनसंख्या सार्वजनिक गरिसकेको छ । र ढिलो गरेर कोशी प्रदेशको जनसंख्या तथ्याङ्क कार्यालयले सार्वजनिक गरेका हुन् ।

कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेशको जनसंख्या सार्वजनिक गरेका हुन् । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौंका उपप्रमुख तथ्याङ्क अधिकृत मुन्निकुमारी चौधरी, तथ्याङ्क कार्यालय मोरङका प्रमुख तिर्थराज बराल, मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेल र राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख एसपी नगेन्द्र दाहालको सहभागिता रहेको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार अझैपनि नेपालमा ३.२ प्रतिशत जनसंख्या शौचालय बिहीन रहेको र ०.८ प्रतिशत जनसंख्या कुवा इनारको पानी प्रयोग गरिरहेको तथ्याङ्क बाहिरिएको छ ।