- चिरफार डटकम, विराटनगर ११६४ पटक हेरिएको
सोमबार, जेठ २२, २०८० समय : १५:५०:०३ , २ वर्ष अगाडि
नेपाल–भारतको अन्तर्राष्ट्रिय सिमाना रानी नाकामा दिनहुँ स्थानियवासी र सुरक्षामा खटिएका प्रहरी बिच झडपका घटना भईरहका छन् । मोरङ जिल्लाको विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको रानी नाकामा स्थानियवासी र प्रहरी बिच दिनहँु जसो झडपका घटना भईरहका छन् । सिमान्त क्षेत्रको नेपाल तर्फ बसोवास गरिरहेका स्थानियवासी भारतको जोगबनी बजारबाट ५–१० किलो खाद्यान्न सामग्री नेपाल भित्र्याएर विक्री गर्ने र त्यहाँबाट आर्जन गरेको केही रकमले वर्षोदेखि गुजारा चलाई रहेका छन् ।
पछिल्लो समय रानी नाकाको छोटी विराटनगर भन्सार कार्यालयबाट चिनी, चियापती, दाल, विस्कुट, साबुन, सर्फ, खुर्सानी, मसला लगायतका खाद्यन्न सामग्री जोगबनीबाट विराटनगर भित्र्याउने क्रममा प्रहरीले रोक्ने काम गरिरहेको छ । प्रहरीले माथिल्लो निकायको आदेश भन्दै कुनै पनि हालतमा सामान नेपाल भित्र्याउन नदिने र स्थानियवासी कारोवारीले जसरी पनि सामान भित्र्याएरै छाड्ने आ–आफ्ना अडानका कारण दुवै पक्षबिच रानी नाकामा झडपका घटना घटिरहेका छन् ।
विराटनगर भन्सार कार्यालयको दुई नं. ढाटमा साँझपख स्थानियवासी कारोवारीले जोगवनीबाट सामान विराटनगर भित्र्याउने क्रममा प्रहरीले रोक्दा दिनहुँ झडप हुने गरेका छन् । जुन घटना हेर्न लायकको देखिन्छ । स्थानियवासीले ल्याएको सामान प्रहरीले खोसेपछि स्थानियवासीले पनि मर्यादा नाघेर प्रहरी माथि जाइलाग्दा सामान खोस्ने गरेको दृश्य हेर्दा सर्वसाधारण आश्चर्य व्यक्त गरिरहेका छन् । तर पनि दिनहुँ घटिरहेको घटनालाई रोक्न नेपाल सरकार गृहमन्त्रालय असफल देखिएको छ ।
प्रहरीले दिनभरी पक्राउ गरेको सामान छोड्न दवाव दिदै स्थानियवासी नेपाली कांग्रेसका युवा नेता मोहम्मद फैयाजको नेतृत्वमा साँझपख विराटनगर भन्सार कार्यालयको दुई नं. ढाट बन्द गर्दा प्रहरीले दिनभरी पक्राउ गरेको सामान स्थानियवासीलाई फिर्ता गर्ने गरेको छ । तर दिनहुँ स्थानिय युवाहरु ढाट खसालेर आन्दोलन गर्ने .अवस्था नरहेकोले स्थानियवासी र प्रहरी बिच झडपका निरन्तर घटना घटिरहेका छन् ।