१४ दिनमै ३५ अनलाईन दर्ता

  • चिरफार डटकम, विराटनगर ६११  पटक हेरिएको

सोमबार, जेठ २९, २०८० समय : २२:४०:४२ , १ वर्ष अगाडि

प्रेस काउन्सिल नेपाल काठमाडौंमा १४ दिनमै ३५ वटा अनलाइन दर्ता भएका छन् । प्रेस काउन्सिल नेपाल सञ्चार माध्यमको दर्ता, अनुगम र वर्गिकरण गर्ने नेपाल सरकारको आधिकारीक निकाय हो ।

जुन निकायमा अनलाईन दर्ता गराउने सञ्चार उद्यमीहरुको संख्या बढिरहेका छन् । प्रेस काउन्सिल नेपालले सोमबार काठमाडौंमा नयाँ अनलाईन दर्ता भएका सञ्चालक तथा सम्पादकहरुलाई अनलाईन मिडियाको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

काउन्सिलले सोमबार २६औं श्रृखला अन्तर्गत सञ्चार उद्यमी र संचालकहरुलाई प्रशिक्षण प्रदान गरेको हो । प्रेस काउन्सिल नेपालका प्रवक्ता दिपक खनालले नेपालमा १० हजारभन्दा बढि अनलाईन सञ्चालन भईरहेकोमा ४ हजार अनलाईन प्रेस काउन्सिलमा दर्ता भएको बताए ।

जसमध्ये पछिल्लो १४ दिनमै ३५ वटा अनलाईन दर्ता भएको प्रवक्ता खनालले तथ्याङ्क सार्वजनिक गरे । प्रेस काउन्सिल नेपालका सदस्य तथा वरिष्ठ पत्रकार ठाकुर बेलवासे, प्रेस काउन्सिलका सदस्य तथा विज्ञ विशेषज्ञ सरद अधिकारीले सोमबारको प्रशिक्षणमा सहभागी अनलाईनका अध्यक्ष तथा सम्पादकहरुलाई प्रशिक्षण दिदै प्रमाण–पत्र प्रदान गरेका थिए ।