नेपाली कांग्रेस कोशी प्रदेशमा सरकार गठन गर्न अगाडी बढ्यो

  • ब्रह्मदेव यादव, विराटनगर ५२९  पटक हेरिएको

बिहिबार, जेठ ३२, २०८० समय : १६:२२:११ , १ वर्ष अगाडि

नेपाली कांग्रेस कोशी प्रदेशमा सरकार गठन गर्न अगाडी बढ्को छ । नेपाली कांग्रेस कोशी प्रदेश सांसदिय दलका नेता उद्धव थापा, नेपाली कांग्रेस कोशी प्रदेश सभाका सचेतक भुपेन्द्र राई र नेपाली कांग्रेस कोशी प्रदेशका सांसद तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विहीबार विराटनगरमा पत्रकारहरु सँग भेटघाट गर्दै कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न अगाडी बढेको बताए ।

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पार्टी भित्र कुनै मतभेद नरहेको नेताहरुले स्पष्ट पारे । कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता उद्धव थापाले असार १८ गते कांग्रेसकै नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन हुने दावी गरे । असार १४ र १५ गते कुनै १ दिन प्रदेश सभाबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत हासिल गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री कार्कीको आफ्नै दल नेकपा एमालेका ४० सांसद छन् । सरकारमा सहभागी राप्रपा सँग ६ सांसद छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ । तर सांसदको टाउको गिन्तीमा नेकपा एमाले फेल भएर अल्पमतमा परिसकेका छन् । एमाले र राप्रपाको मत मुख्यमन्त्री कार्कीले पाएपनि प्रदेश सभामा विश्वासको मत हासिल गर्न सक्दैन ।

विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था सृजना भएको खण्डमा राप्रपाले एमालेको पक्षमा मतदान गर्ने छैन । त्यसपछि मुख्यमन्त्री कार्कीले राजिनामा दिने छ र कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने कांग्रेस संसदिय दलका नेता थापाले बताए । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरी ४७ सांसद छन् । सांसदको टाउको गिन्तीमा यो स्पष्ट बहुमत हो ।

त्यसमा पनि राप्रपाका ६ सांसद थपिएपछि सरकार सँग ५३ सांसदको समर्थन प्राप्त हुन्छ । र आगामी पूर्ण कार्यकाल नेपाली कांग्रेसकै नेतृत्वमा सरकार चल्ने सांसद केदार कार्कीले बताए । कांगे्रस संसदिय दलका नेता थापाले आफु कोशी प्रदेशको मुख्यमन्त्री बन्ने प्रयास गरिरहेको छु । म सँगै माननिय अमृत अर्याल र केदार कार्की मुख्यमन्त्री बन्ने प्रयास गरिरहेको छ । तर पार्टीले जसलाई नेता मानेर मुख्यमन्त्रीमा अगाडी बढाएको खण्डमा आफुहरु सहजरुपमा स्वीकार गरेर त्यसैलाई नेता मानेर अगाडी बढ्ने थापाले बताए ।