विपक्षी दलद्वारा कोशी प्रदेश सरकारको बजेट बहिस्कार

  • चिरफार डटकम, विराटनगर ४९०  पटक हेरिएको

बिहिबार, जेठ ३२, २०८० समय : १८:५६:२२ , १ वर्ष अगाडि

कोशी प्रदेश सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको बजेटलाई विपक्षी दलले बहिस्कार गरेका छन् । विपक्षी दलका कुनैपनि नेता बजेट सार्वजनिककरण कार्यक्रमा सहभागिता जनाएर कोशी प्रदेशका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले विहीबार अध्यादेश मार्फत बजेट सार्वजनिक गरे ।

जुन बजेटलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहित विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले बहिस्कार गरे । मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीको आफ्नै दल नेकपा एमाले र राप्रपा बजेट सार्वजनिककरण कार्यक्रममा सहभागि थिए ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसद चाहिन्छन् । तर मुख्यमन्त्री कार्की सँग एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । अल्पमतमा परिसकेको सरकारले राजिनामा गर्न छोडेर अध्यादेशबाट बजेट ल्याएकोले त्यसलाई प्रमुख प्रतिपक्षदेखि विपक्षी दलहरुले बहिस्कार गरेको कांग्रेस नेता अमृत अर्यालले बताए । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार को बजेट विनियोजन गरेका छन् ।