- चिरफार डटकम, विराटनगर ४३५ पटक हेरिएको
आइतबार, आषाढ १०, २०८० समय : १६:१४:०७ , १ वर्ष अगाडि
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिकाले आइतबार १२औं अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक गरेको हो ।
विराटनगर महानगरपालिकाको १९ वटै वडाका अध्यक्ष, सदस्य, कार्यपालिका सदस्यको सहभागितामा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीले बजेट सार्वजनिक गरेको हो ।
विराटनगरको पहिचानको रुपमा रहेको ऐतिहासिक श्री राधाकृष्ण रथ यात्रालाई अन्तर्राष्ट्रिय रथ यात्रा बनाउन रथ यात्रा निकालिने दिन अन्तर्राष्ट्रिय स्तरका व्यक्तिलाई आमन्त्रण गरेर रथ यात्रामा सहभागी गराउने गरी बजेटमै व्यवस्था गरेका छन् ।